काठमाडौं ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन् ।
यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन् ।
स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ ।
भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन् । यस्तै दैनिक संक्रमण दर पनि ०।८४ प्रतिशत भएको छ ।
प्रतिक्रिया