कास्की ।
नेकपा एमाले कास्कीले पालिका चुनावका बेला अन्तर्घात गरेको आरोपमा तीन जना कार्यकर्तालाई कारबाही गरेको छ ।
चुनावका बेला सार्वजनिक भएको अडियोबारे अनुसन्धान गरेर त्यस अडियोले पार्टी पराजयमा सहयोग गरेको भन्दै उनीहरूलाई कारबाही गरेको जनाएको छ ।
३३ नम्बर वडाका उपाध्यक्ष महेश अर्याल, सङ्गठित सदस्य मनोज पहारी र प्रशान्त आचार्यलाई जिम्मेवारीबाट हटाइएको एमाले कास्कीले जनाएको छ ।
प्रतिक्रिया