१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमालेको ब्रान्ड हो वृद्धभत्ताः सुरेन्द्र पाण्डे



काठमाडौं ।
पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (एमाले) का सांसद सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ‘ब्रान्ड’ भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले जनयुद्ध माओवादीको र राष्ट्रिय मेलमिलापको नीति नेपाली कांग्रेसको भनेजस्तै एमालेको ब्रान्ड वृद्धभत्ता भएको बताए ।

“वृद्धभत्ता जतिसुकै कुरा गरे पनि एमालेको ब्रान्डजस्तो हुन्छ । तपाईं ६८ मा झार्नुहोस्, ५८ मा झार्नुहोस्, केही फरक पर्दैन,” उनले भने, “जनयुद्धमा हाम्रो दाबी पुग्दैन । राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन ।”

उनले वृद्धभत्तामा बढाए पनि, समय घटाए पनि जनताले एमालेलाई स्याबास र धन्यवाद दिने बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  १२ : ३४ बजे