७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

आगामी बर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड



काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा आइतबार दिउँसो ४ बजेदेखि आगामी वर्षको बजेट प्रस्तुत सुरू भएको थियो । वि.सं. २०७२ सालमा बनेको संविधानले जेठ १५ गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

यसमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ५० करोड अर्थात ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८०० अर्ब ३८ करोड अर्थात २१ प्रतिशत बजेट विनियोजन भएको छ ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहका लागि ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत छ ।

विनियोजन बजेटको स्रोतमा राजश्वतर्फबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड र ४ खर्ब ९८ अर्ब रुपैयाँ अपुग हुने छ । जसमध्ये वैदेशिक ऋणमार्फत २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने छ । यस्तै, ऋण सहायता परिचालन गर्दा नपुग २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट स्रोत जुटाइनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ७ : १४ बजे