७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

दाङमा मूल्य वृद्धिको विरोधमा दुई युवा तीन दिनदेखि अनशनमा



दाङ ।

मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका–५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् ।

डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताए । लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीसहितको टोलीले आइतबार उनीहरु समक्ष पुगेर अनशन तोड्न आग्रह गरेका छन् । नगरपालिकाको टोलीले अनशनरत दुई जनाको स्वास्थ्य चेकजाचसमेत गरेको छ ।

अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य भए पनि अनशन नतोडिए स्वास्थ्य अवस्था गम्भीर हुँदै जाने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठाकुर भट्टराईले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ३ : २८ बजे