कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले स्थानीय निर्वाचनको समीक्षा गरेको छ । शनिबार महासचिव मनोज भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजमोले ठूला दलले रकम खर्च गरेर मतदातालाई प्रभावित पारेको समीक्षा गरिएको छ ।
वाणगंगा ६ बन्दौलीमा भएको समीक्षा कार्यक्रममा नेताहरुले विभिन्न पालिकाबाट चुनावको गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।
विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाको रिपोर्ट केर सिंह अदैले प्रस्तुत गर्नु भएको थियो भने बुद्धभूमि नगरपालिकाको रिपोर्ट नर बहादुर घर्तीले गर्नु भएको थियो । वाणगंगा नगरपालिकाको रिपोर्ट राम प्रसाद बेल्बासे र कपिलवस्तु नगरपालिकाको रिपोर्ट शिव पौडेलले गर्नु भएको थियो ।
कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको मत बढेको र एउटा वडासदस्य जित्न सफल भएको मूल्यांकन गरिएको छ भने संगठनको आधार कमजोर रहेको र चुनावमा भोज भतेर, पैसाले जनतालाई कांग्रेस, एमालेले प्रवाहित पारेको निष्कर्ष राजमोले निकालेको छ ।
समीक्षा भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पाँचदलीय गठबन्धन देशभर लागू हुन नसके पनि गठबन्धनले प्रतिगामी र राजावादी शक्तिहरुलाई कमजोर बनाएको बताउनु भयो ।
गणतन्त्रका विरुद्ध राजावादी, भारत समेत लागेको बताउँदै उहाँले देशमा ठूला दलहरुको विकल्प खोज्नुको अर्थ गन्त्रन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पार्नुभयो । प्रतिगमन विरुद्ध संघर्ष, लोकतान्त्रिक शक्तिहरुको एकता लोकतान्त्रिक गणतन्त्रको रक्षा नै आजको आवश्यकता भएको बताउनु भयो । सार्थ, आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि आजैदेखि लाग्न निर्देशन दिनुभयो ।
राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शसी सापकोटा, र स्वागत मिना पोख्रेलले गर्नु भएको थियो ।
सो अवसरमा निर्वाचित महिला सदस्य मिना पोख्रेललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया