कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ निवासी स्व. बिष्णु प्रसाद पौडेलको स्मृतिमा स्थापना गरिएको ‘बिष्णु स्मृति कोष’ बाट ५ जना जना गम्भिर बिरामीलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ । स्व पौडेलको पुण्यतिथिका दिन ब्रेन ट्युमर पिडित कपिलवस्तुको बाणगंगा २ राजपुर निवासी टंक रेग्मी र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ निवासी मिर्गौला पिडित मिना थापा मगरलाई जनही २५-२५ हजारका दरले रकम प्रदान गरिएको उहाँका दाजु अमित पौडेलले बताउनुभएको छ । उक्त उपचारारार्थ रकम पिडित रेग्मीलाई स्व। पौडेलकी आमा योगमाया पौडेलले हस्तान्त्रण गर्नुभएको हो । त्यस्तै प्युठान निवासी ३ जना विरामीहरुलाई पनि ५० हजार उपचारार्थ रकम प्रदान गरिएको छ ।
स्व। पौडेलको पनि पौडेल ब्रेन ट्युमरकै कारण मृत्यु भएको थियो । मृत्यु भएको १ बर्ष बाट कोषको ब्याजले हरेक बर्ष विभिन्न क्षेत्रमा रकम प्रदान गर्दै आएको पौडेल परिवारले बताएको छ । विगतका बर्षहरुमा पनि कोरोनको महामारीमा अक्सिजन प्रदान जस्ता उदाहरािणय र मानवीय सेवा सोहि कोषबाट गरिएको थियो ।
वि स २०३० असार १८ गते आमा योगमाया पौडेल र बुवा स्व। भवानी शंकर पौडेलको छोरा स्व। पौडेल कपिलवस्तु सामुदायिक अस्पतालका संस्थापक सचिव, सिद्धार्थ सामाजिक विकास केन्द्रको सचिव तथा विभिन्न सामाजिक संघ संस्थामा रही कार्य गर्नुभएको थियो ।
प्रतिक्रिया