मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स देखि विपन्न विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्ने सम्मका महत्वपूर्ण निणर्य गरेको छ ।
वडाभित्रका सम्पूर्ण सुत्केरी महिलालाई सहजताको लागि वडाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको वडाध्यक्ष रोम बहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै वडाले स्वास्थ्य चौकीमा सुत्केरी हुने वडाभित्रका महिलालाई एक क्यारेट् अण्डा वितरण गर्ने निर्णय समेत गरेको छ । स्वास्थ्य नै मानिसको महत्वपूर्ण पाटो भएकाले स्वास्थ्य क्षेत्रमा वडाले उदाहरणीय कार्य गर्दै जाने वडाध्यक्ष थापाले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वडाध्यक्ष थापाले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौरीमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने गरिब, जेहेन्दार, मुस्लिम समुदायका ५ जना विद्यार्थीको छनोट गरि छात्रावृत्ति वितरण गर्ने घोषणा गर्नुभएको छ ।
छनोट भएका विद्यार्थीहरुलाई स्कुल व्याग, ड्रेस, कापी, कलम निशुल्क छात्रावृत्ति स्वरुप प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुभयो ।
प्रतिक्रिया