पाल्पा ।
पाल्पाको तानसेनमा अवैध रुपमा निर्यात गर्दै गरेको सालको काठसहित दुई जना पक्राउ परेका छन् ।
गाडीसहित २ जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तानसेन हुँदै बुटवलतर्फ लैजाँदै गरेको अवस्थामा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले बताए ।
तानसेन नगरपालिका वडा नं १३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ प्रहरीको टालीले तानसेन बसपार्क नजिकै चेकिङ गर्ने क्रममा काठ बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया