मायादेवी अनलाइन, बुद्धभूमि ।
गएको बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा विजयी हुँदै पुनः दोस्रो कार्यकालका लागि मीरा थारु उप-प्रमुखमा वहाली भएकी छिन् ।
सोमबार नगर प्रमुख केशव कुमार श्रेष्ठबाट पद तथा गोपनियताको शपथ लिदैं मीरा उप-प्रमुखको जिम्मेवारीमा आएकी हुन् ।
नेकपा (एमाले) मञ्जु थारुलाई लगातार दोस्रो पटक पराजित गर्दै मीराले बुद्धभूमिको यात्रा तय गरेकी हुन् ।
नेपाली कांग्रेसबाट उप प्रमुखमा विजयी मीरा र एमालेकी मञ्जु बीचको मतान्तर ५ सय ६८ छ । निर्वाचित मीराले १४ हजार २८३ मत ल्याउँदा दुवै पटक पराजित भएकी मञ्जुले १३ हजार ७१५ मत पाइन् ।
दोस्रो पटक उही पदमा वहाली भएकी थारुले अधुरा कामलाई पूर्णता दिने प्रतिवद्धता जनाइन् । पहिलो कार्यकाल अनुभवको अभाव, सिमित स्रोत साधन, कोरोना महामारी लगायतको समस्याले सोचेजस्तो हुन नसकेको भन्दै दोस्रो कार्यकालमा देखिने गरि काम गर्ने उनले बताइन् । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य जस्ता नगरबासीको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा आफुले उल्लेख्य काम गर्ने उनको इच्छा छ ।
हेर्नुहोस् थप भिडिओ
प्रतिक्रिया