मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको नगर प्रमुखमा पुनः दोस्रो कार्यकालका लागि केशव कुमार श्रेष्ठ र नगर उप प्रमुखमा मीरा थारु दोहोरिएका छन् ।
नगर प्रमुख श्रेष्ठले नेकपा (एमाले)का पीताम्बर खनाललाई हराउँदै पुनः नगर प्रमुख भएका हुन् भने, नगर उप्रमुख थारुले एमालेकी मञ्जु थारुलाई हराएकी हुन् ।
नगर प्रमुखमा निर्वाचित श्रेष्ठ र खनालको मतान्तर ७ सय ८८ छ ।
१० वडा रहेको बुद्धभूमिमा श्रेष्ठले १४ हजार ३ सय ८४ मत पाए भने, खनालले १३ हजार ५ सय ९६ मत ल्याएर पराजित भए ।
उप प्रमुखमा कांग्रेसकी विजयी थारु र एमालेकी थारु बीचको मतान्तर ५ सय ६८ छ । यी दुवै बीच ०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा थियो । निर्वाचित मीराले १४ हजार २८३ मत ल्याउँदा दुवै पटक पराजित भएकी मञ्जुले १३ हजार ७१५ मत पाइन् ।
कांग्रेस, एमाले एक्लाएक्लै चुनावी मैदानमा उत्रिदा माओवादी केन्द्र एक्लै चुनावमा थियो । माओवादीकी कमला भुसालले नगर प्रमुखमा १ हजार २६ मत पाइन् भने, माओवादीबाटै उपप्रमुखमा कैलाश कुर्मीले १ हजार १७४ मत पाए ।
१० वडा मध्ये ५ वडामा कांग्रेस, ४ वडामा एमालेर १ वडामा जसपाका उम्मेद्वार विजयी भएका छन् ।
यस्तो छ वडागतस्थिति
वडा नं. १ तेजबहादुर बस्नेत – नेपाली कांग्रेस
वडा नं. २ सुरजप्रताप राणा – नेपाली कांग्रेस
वडा नं. ३ गोविन्द प्रसाद आचार्य – नेकपा (एमाले)
वडा नं. ४ शुसील कुमार चौधरी – नेकपा (एमाले)
वडा नं. ५ रोमबहादुर थापा क्षेत्री – नेकपा (एमाले)
वडा नं. ६ ऐलेन्द्र प्रसाद कुर्मी – नेपाली कांग्रेस
वडा नं. ७ शालिकराम यादव – नेकपा (एमाले)
वडा नं. ८ कपिलदेव तिवारी – नेपाली कांग्रेस
वडा नं. ९ प्रमोद आचार्य – नेपाली कांग्रेस
वडा नं. १० सन्दीप कुमार पाण्डेय – जनता समाजवादी पार्टी
प्रतिक्रिया