मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले)ले शानदार जित निकालेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा एमालेका उम्मेद्वार विजयी भए भने, एक वडामा मात्र जसपाका उम्मेद्वार विजयी बनेर एमालेको ‘क्लीन स्वीप’ यात्रालाई धक्का दिएका छन् ।
पालिकाको अध्यक्षमा एमालेका गोपाल बहादुर थापा जसपाका जानकी प्रसाद यादवलाई हराएर निर्वाचित भए । थापा दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् भने, यादव दोस्रो पटक पराजित बनेका हुन् ।
थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरे भने, यादवले ५ हजार ३ सय ३४ मत पाए ।
यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी कुमारी चौधरी निर्वाचित बनिन् । उनले जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गरेकी हुन् ।
विजयी भएकी चौधरीले ४ हजार ९ सय ३० मत पाउँदा पराजित बनेकी कुर्मी ४ हजार ८ सय ४९ मत प्राप्त गरिन् ।
जिल्लाको सुदुर पश्चिमी क्षेत्रमा पर्ने विजयनगर थापाको ५ बर्षे कार्यकालमा कयापलटको दिशा समात्न सफल भएको छ । आम पालिकाबासीको मनमा बस्न सफल थापा एक सफल जनप्रतिनिधिमा चिनिन्छन् ।
यी हुन् वडाध्यक्षहरु
वडा नं. १ इन्नर थारु – नेकपा (एमाले)
वडा नं. २ नेपाल थारु – नेकपा (एमाले)
वडा नं. ३ हृदय विकास चौधरी – जनता समाजवादी पार्टी
वडा नं. ४ तिलकराम कंडेल – नेकपा (एमाले)
वडा नं. ५ अनवर महोम्मद मुसलमान – नेकपा (एमाले)
वडा नं. ६ प्रेमबहादुर कलवार – नेकपा (एमाले)
वडा नं. ७ दिनेश कुमार चौधरी – नेकपा (एमाले)
प्रतिक्रिया