९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुटवलमा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु



बुटवल ।

मोटरसाइकलको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा शुक्रबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुटवल १० का ७२ वर्षीय पशुपति भट्टराइको मृत्यु भएको हो।

पैदल हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका भट्टराईलाई तत्काल कालिकानगरमै रहेको चौराह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने मोटरसाइकल चालक बुटवल ४ आदर्शनगरका २४ वर्षीय वीरेन थापा घाइते रहेको र उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९ शनिबार ००:००  ७ : ३० बजे