मायादेवी अनलाइन, वाणगंगा ।
चुनावको मुखैमा एमाले छाडेर जसपा, नेपालको छाता चुनाव चिह्न लिएर नगर प्रमुखको दौडमा निस्किएका सुदीप पौडेलले फराकिलो मतान्तरमा चुनाव जितेका छन् । उम्मेद्वारको मनोनयन देखि नै अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सबैको चासोमा रहेको कपिलवस्तु नगरपालिकामा अन्ततः पौडेल नगर प्रमुखमा निर्वाचित भए ।
गएको ०७४ सालको निर्वाचनमा वडा नं. १ को वडाध्यक्ष बनेर काम गरिसकेका पौडेलले नगर प्रमुखमा एमालेका डा राजेश गुप्तालाई ३ हजार १२ मतले पराजित गर्न सफल भएका हुन् ।
नगर प्रमुखमा विजयी पौडेलले ११ हजार ५ सय ६५ मत प्राप्त गरे भने, निकतटम प्रतिद्धन्द्धी एमालेका डा गुप्ताले ८ हजार ५ सय ५३ मत पाए । सुरु देखि नै अग्रता कायम गरेका पौडेल अन्तिम मत परिणाम सार्वजनिक नहुँदासम्म फराकिलो मतान्तर गराउँदै विजयी भएका हुन् ।
झण्डै २८ बर्षसम्म एमाले नेता तथा प्रतिनिधिसभाका सांसद वृजेश कुमार गुप्तासंग राजनीति सहकार्य गर्दै आएका पौडेल विद्रोह गर्दै नगर प्रमुख जिते पछि चर्चाको शिखरमा छन् ।
नगर उपप्रमुखमा पनि जसपा, नेपालकै सुनिता गुप्ता निर्वाचत बनिन् । गुप्ताले एमालेकी उम्मेद्वार तुल्सा गैरेलाई ३३ मतान्तरले पराजित गरेका हुन् । गुप्ताले ९ हजार १ सय ९६ मत पाउँदा गैरेले ९ हजार १ सय ६३ मत पाइन् ।
सुरुवात देखि नै गुप्ता भन्दा अगाडी देखिदै आएकी गैरे वडा नं. ७ को अन्तिम मत गणना गर्दा पछि परेर चुनाव हारिन् ।
१२ वडा रहेको कपिलवस्तु नगरपालिकामा जसपाबाट वडा नं १ मा जाहिद खाँ, ७ मा इन्द्रमणी चौधरी र वडा नं ११ मा रामगोपाल यादव निर्वाचित भएका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट वडा नं. ३ मा रुद्रबहादुर गैरे, वडा नं. ५ मा दिलिप कुमार चौधरी, वडा नं ८ मा शिवकुमार पाण्डेय, वडा नं. १० मा मोहन शर्मा र १२ नं. वडामा इन्सान अलि धुनियाँ निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमालेबाट वडा नं २ मा अशोक गुप्ता, वडा नं ४ मा रविन्द्र तिवारी, वडा नं ६ मा रामजित कुर्मी र वडा नं ९ मा दिपक गुरुङ निर्वाचित भएका छन् ।
यी हुन् निर्वाचित वडाध्यक्षहरु
वडा नं. १ – जाहिद खाँ, जसपा, नेपाल
वडा नं. २ – अशोक कुमार गुप्ता, नेकपा (एमाले)
वडा नं. ३ – रूद्र बहादुर (प्रकाश) गैरे, नेपाली कांग्रेस
वडा नं. ४ – रावेन्द्र तिवारी, नेकपा (एमाले)
वडा नं. ५ – दिलिप कुमार चौधरी, नेपाली कांग्रेस
वडा नं. ६ – रामजित चौधरी, नेकपा (एमाले)
वडा नं. ७ – इन्द्रमणी कुर्मी, जसपा, नेपाल
वडा नं. ८ – शिव कुमार पाण्डे, नेपाली कांग्रेस
वडा नं. ९ – दिपक गुरूङ, नेकपा (एमाले)
वडा नं. १० – मोहन शर्मा, नेपाली कांग्रेस
वडा नं. ११ – रामगोपाल यादव, जसपा, नेपाल
वडा नं. १२ – इन्सान अलि धुनियाँ, नेपाली कांग्रेस
प्रतिक्रिया