७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

यी हुन् वाणगंगा नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुखसहित वडाध्यक्षहरु



मायादेवी अनलाइन, वाणगंगा ।
गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम कपिलवस्तुको वाणगंगा नगरपालिकामा सार्वजनिक भएको छ ।

लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा (एमाले)का उम्मेद्वार चक्र अर्याल निर्वाचित भएका छन् । ६ सय ३९ मतान्तरका साथ अर्यालले नेपाली कांग्रेसका उम्मेद्वार रविराज आचार्यलाई पराजित गरेका हुन् ।

विजयी अर्यालले १८ हजार ९ सय ९९ मत प्राप्त गरे भने, पराजित आचार्यले १८ हजार ३ सय ६० मत पाएर निकटतम प्रतिद्धिन्द्धीका रुपमा आए ।

नगर उपप्रमुखमा नेकपा (एमाले) की रिता थारु ९ सय ३४ मतान्तरले आफ्नो निकटतम प्रतिद्धन्द्धी तारावती चौधरीलाई पराजित गरिन् । विजयी थारुले १९ हजार ३९९ मत पाउँदा चौधरीले १८ हजार ४६४ मत पाइन् ।

६१ हजार बढी मतदाता रहेको वाणगंगामा ४६ हजार १४७ मत खसेको थियो ।

११ वडा रहेको वाणगंगामा ०७४ सालमा जितेका कतिपय वडा एमालेले गुमाउन पुगेको छ भने कतिपय वडा खोस्न सफल भएको छ । वडा नं. १०, वडा नं. ४ वडा कांग्रेसबाट फिर्ता ल्याउन सफल भए पनि एमालेको राम्रो जनमत रहेको वडा नं. ६ गुमाउन पुग्यो । गएको चुनावमा एमालेले वडा नं. ५ जितेको वडा कांग्रेसले फिर्ता लग्यो ।

कांग्रेसले पनि गएको चुनावमा आफुले जितेको वडा नं. १० र वडा नं. ४ गुमाउदै गर्दा वडा नं. ५, वडा नं. ११ र वडा नं. ६ फिर्ता ल्यायो ।

माओवादीले जितेको वडा नं. ११ अहिलेको निर्वाचनमा गुमायो भने, वडा नं. ३ जस्तो एमालेको राम्रो जनमत भएको वडा आफ्नो कब्जामा ल्यायो ।

यी हुन् निर्वाचित वडा अध्यक्षहरु

वडा नं. १ – सन्जु कुमार सारु मगर – नेपाली कांग्रेस (प्राप्त मत १७५६)
वडा नं. २ – बिष्णु पौडेल – नेकपा (एमाले) ( प्राप्त मत २५४८)
वडा नं. ३ – टेक बहादुर झेँडी मगर – नेकपा (माओवादी केन्द्र) (प्राप्त मत १२५२)
वडा नं. ४ – छवि रेश्मी मगर – नेकपा (एमाले) (प्राप्त मत १९२४)
वडा नं. ५ – दुनिका प्रसाद भुसाल – नेपाली कांग्रेस (प्राप्त मत १७५३)
वडा नं. ६ – करुण टण्डन – नेपाली कांग्रेस (प्राप्त मत १२६२)
वडा नं. ७ – बिष्णु गिरी – नेकपा (एमाले) (प्राप्त मत १५२८)
वडा नं. ८ – बाबुराम अर्याल – नेकपा (एमाले) (प्राप्त मत २६६४)
वडा नं. ९ – कमल पौडेल नेकपा – (एमाले) (प्राप्त मत १७६४)
वडा नं. १० – यम प्रसाद पोख्रेल – नेकपा (एमाले) (प्राप्त मत २०७८)
वडा नं. ११ – नरेन्द्र प्रसाद थारु – नेपाली कांग्रेस (प्राप्त मत १८३३)

प्रकाशित मिति : ५ जेष्ठ २०७९ बिहिबार ००:००  १२ : ३० बजे