कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् ।
एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । दुबै बीच ६ सय ३९ मतको अन्तर छ ।
त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन् । वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ ।
मेयर नेकपा एमाले चक्रपाणी अर्याल
उपमेयरः नेकपा एमाले रिता चौधरी
वडा १ अध्यक्ष नेपाली काङ्रेस सन्जु सारु
वडा २ अध्यक्ष नेकपा एमाले बिष्णु पौडेल
वडा ३ अध्यक्ष नेकपा एकृकित माओवादी टेक बहादुर झेडी
वडा ४ अध्यक्ष नेकपा एमाले छवि रेश्मी मगर
वडा ५ अध्यक्ष नेपाली काङ्ग्रेस दुनिका भुसाल
वडा ६ अध्यक्ष नेपाली काङ्ग्रेस करूण टन्डन
वडा ७ अध्यक्ष नेकपा एमाले बिष्णु गिरी
वडा ८ अध्यक्ष नेकपा एमाले बाबुराम अर्याल
वडा ९ अध्यक्ष नेकपा एमाले कमल पौडेल
वडा १० अध्यक्ष नेकपा एमाले यमप्रसाद पोख्रेल
वडा ११ अध्यक्ष नेपाली काङ्ग्रेस नगेन्द्र थारु
प्रतिक्रिया