९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगामा एमालेका अर्यालको १ हजार बढीको अग्रता, उपमेयरमा पनि उस्तै मतान्तर



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको मतगणना जारी छ । ११ वडा रहेको बाणगंगामा ८ वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

८ वडाको मतपरिणाम सार्वजनिक हुँदा अहिलेसम्म ३५ हजार ४३८ मत गणना भएको छ ।

जसमा एमालेका मेयरका उम्मेद्वार चक्र अर्यालले १४ हजार ८ सय ७८ मत ल्याएर अग्रता बढाएका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार रविराज आचार्यले १३ हजार ८ सय ४३ मत पाएका छन् । अर्याल र आचार्यको मतान्तर १ हजार ३५ छ ।

उपमेयरमा पनि एमालेकी उम्मेद्वार रिता थारुले फराकिलो अन्तर बनाएकी छिन् । थारुले १५ हजार ५२ मत पाउँदै कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई पछाडी पारेकी छिन् । चौधरीले १३ हजार ८ सय ४७ मत पाएकी छिन् । थारु र चौधरीको मतान्तर १ हजार २ सय ५ छ ।

बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ४८ हजार ८९१ मत खसेको थियो । अब नगरका वडा नं. ५, वडा नं. ६ र वडा नं. ७ को मतगणना गर्न बाँकी छ । यी वडा मध्ये वडा नं. ५ कांग्रेसको राम्रो मानिन्छ भने वडा नं. ६ र ७ एमालेको बलियो पकड भएका वडा हुन् ।

यी हुन् ८ वटा वडामा निर्वाचित वडा अध्यक्ष
वडा नं. १ सञ्जु सारु नेपाली- कांग्रेस
वडा नं. २ विष्णु प्रसाद पौडेल- नेकपा (एमाले)
वडा नं. ३ टेक बहादुर झेँडी नेकपा- (माओवादी केन्द्र)
वडा नं. ४ छविलाल रेश्मी मगर- नेकपा (एमाले)
वडा नं. ८ बाबुराम अर्याल- नेकपा (एमाले)
वडा नं. ९ कमल पौडेल- नेकपा (एमाले)
वडा नं. १० यमलाल पोख्रेल- नेकपा (एमाले)
वडा नं. ११ नरेन्द्र चौधरी- नेपाली कांग्रेस

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ९ : १० बजे