मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा १३ हजार १ सय ७ मत गणना भएको छ । शुक्रबार बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा खसेको मत गणनाको काम कृष्णनगरमा पनि धमाधम चलिरहदा मतपरिणाम सार्वजनिक भइरहेको छ ।
मंगलबार राति ११ बजेसम्म बाहिर सार्वजनिक भएको मत परिणाम अनुसार मेयर पदका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेद्वार दिपक रजौरिया कांग्रेस उम्मेद्वार रजत प्रताप शाह भन्दा ६ मतले अगाडी देखिएका छन् ।
राप्रपाका रजौरियाले २ हजार ३ सय २२ मत पाउँदा कांग्रेसका शाहले २ हजार २ सय १६ मत पाएका छन् ।
यस्तै एमालेका कुणाल प्रताप शाह १ हजार ९ सय ३१ मतका साथ तेस्रो स्थानमा छन् । माओवादीका जावेद खाँले १ हजार ७ सय ४१ मत पाएका छन् ।
कृष्णनगरमा वडा नं. १,२,३,४,५ र ६ को मतपरिणाम आइसकेको छ । अहिले वडा नं. ७ को मतगणना जारी छ ।
प्रतिक्रिया