९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

२१ हजार बढी मत गणना गर्दा शिवराजमा राप्रपाका थापाकै अग्रता, एमाले पछिपछि



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा २१ हजार १ सय २२ मत गणना भएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत शिवराजमा मत गणना जारी छ । ११ वडा रहेको शिवराज नगरपालिकामा ७ वडाको नतिजा सार्वजनिक भइसकेको छ ।

मत गणना सकिएका वडाहरु १, २, ३, ४,९, १० र ११ हुन् ।

७ वडा मध्ये मेयरमा राप्रपाका अजय थापाको अग्रता कायमै छ । थापाले यो समाचार तयार पार्दासम्म मंगलबार राति १० बजेसम्म ५ हजार १ सय ४९ मत पाएर अग्रता लिइरहेका छन् ।

उनलाई एमालेका उम्मेद्वार महादेव पोख्रेलले ४ हजार ९ सय ४३ मतका साथ पछ्याइरहेका छन् । थापा र पोख्रेल बीचको मतान्तर २ सय ६ मात्र छ ।

नेपाली कांग्रेसका उम्मेद्वार हुमकान्त खनाल शिवराजमा तेस्रो स्थानमा छन् । खनालले ३ हजार ३ सय ६० मत ल्याएका छन् ।

अहिले वडा नं. ८ को मतगणना भइरहेको छ ।

यी हुन् अन्तिम मतपरिणाम सार्वजनिक भएका वडाहरु
वडा नं. १ एमाले- खिम बिक्रम केसी
वडा नं. २ कांग्रेस- राम बहादुर चौधरी
वडा नं. ३ एमाले- टेकलाल सापकोटा
वडा नं. ९ माओवादी-राम गोपाल चौधरी
वडा नं. १० लोसपा – मन्जु मिश्रा
वडा नं. ११ कांग्रेस – रामेश्वर वर्मा

वडा नं. ४ लोसपा- मोहम्मद नशिम खान (सब्बु)

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ११ : ०२ बजे