रुपन्देही ।
रुपन्देहीका १६ पालिकामध्ये पहिलो पटक नतिजा सार्वजनिक भएको कञ्चन गाउँ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएका हुन् ।
अध्यक्षमा नवराज ढकालले १०१४१ मत ल्याए भने उपाध्यक्ष मौसमी थापा मगरले १०२८४ ल्याएर विजयी भएकी हुन् ।
अध्यक्षको प्रत्याशी एमालेका दिनानाथ आचार्यले ९०११ र उपाध्यक्षमा ओमकली राहादीले ८८३९ ल्याएका थिए । रूपन्देहीको कञ्चन गाउँपालिकाको मतगणना सम्पन्न ।
गाउँपालिकामा गठबन्धनको तर्फबाट
वडा नं. १ नेकपा एमाले प्यानलै विजयी
वडा नं. २ गठबन्धन प्यानलै विजयी
वडा नं. ३ गठबन्धन प्यानलै विजयी
वडा नं. ४ गठबन्धन प्यानलै विजयी
वडा नं. ५ नेकपा एमाले प्यानलै विजयी
प्रतिक्रिया