चितवन ।
चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो र उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो विजयी हुनुभएको छ ।
मेयर पदमा एमालेकी उम्मेदवार महतोले नौ हजार नौ सय एक मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट माओवादी केन्द्रका ऋषिराम काफ्ले सात हजार सात सय २९ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोले ६ हजार आठ सय ३० र उहाँका प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेलले पाँच हजार एक सय ४० मत प्राप्त गर्नुभयो ।
नगरपालिकाको नौ वटा वडामध्ये चार वटामा माओवादी केन्द्र, दुई वटामा राप्रपा, दुई वटामा एकीकृत नेकपा समाजवादी र एउटामा कांग्रेसले वडाध्यक्ष पद जितेको छ ।
प्रतिक्रिया