काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठकको अवरोध हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ ।
आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो । तर नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हो ।
आजको बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गर्नुभएको छ । उहाँले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया