भरतपुर ।
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्।
१८ हजार ६ सय ८३ गणना गर्दा रेनुले ६ हजार २ सय ४९ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी ६ हजार १ सय ४० मत ल्याएका छन्। रेनु र विजयबीच १०९ मतान्तरको फरक छ।
यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत ल्याएका छन्।
यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६ सय ११ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत ल्याएकी छन्।
प्रतिक्रिया