मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार दिपक रजौरियाले अग्रता कायम राखेका छन् ।
नगरको वडा नम्बर १, २, ३, ४, ५ र ६ को हालसम्म कुल १०९२३ मत गणना हुँदा राप्रपाका रजौरियाले अग्रता कायम गरेका हुन् । रजौरियाले २ हजार ३३ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार रजतप्रताप शाहले १९ सय ७७ मत प्राप्त गर्दै पछ्याईरहेका छन् । यस्तै नेकपा माओवादीका उम्मेद्वार जावेद खाँ ले १५ सय ३० र नेकपा एमालेका उम्मेद्वार कुणाल प्रताप शाहले १४ सय ४९ मत प्राप्त गरेका छन् ।
यस्तै नगरको उपमेयर पदमा भने नेपाली कांग्रेसका उम्मेद्वारले २४ सय ६७ मत ल्याएर अग्रता कायम गरेका छन् ।
प्रतिक्रिया