९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी



दाङ ।

दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित भएका हुन् । अध्यक्ष बस्नेतले एमाले उम्मेदवार विष्णु केसीलाई १ हजार ९२ मत अन्तरले हराए ।

बस्नेतले ५ हजार ७१६ र उनका निकटतम प्रतिस्पर्धी केसीले ४ हजार ५२४ मत प्राप्त गरे । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले २ हजार ७९४ मत ल्याए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमा बुढाथोकी विजयी भएकी छन् । उनले ५ हजार ७५० मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी कमला भण्डारीले ४ हजार २८ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी राधिका परियारको पक्षमा ३ हजार ८० मत पर्यो ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि शान्तिनगर गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ११ : ५९ बजे