बाँके ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त बिष्ट प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन्।
बिष्टले ८३४० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मत पाएका छन्। मिश्रभन्दा बिष्ट ३९६३ मतले अगाडि छन्।
यहाँ मेयरमा राप्रपाका नन्दलाल वैश्यले ३३६१ मत प्राप्त गरी मिश्रलाई पछ्याइरहेका छन्। नेपालगन्जमा सत्ता साझेदार दलहरूका बीचमा गठबन्धन रहेको छ।
यहाँ उपप्रमुखमा गठबन्धन दलबाट जसपाका कमरुद्दिन राईले ६७८८ मत पाएका छन्। राईलाई राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मतका साथ पछ्याइरहेकी छन्।
त्यस्तै नेकपा एमालेकी शान्तिदेवी ढकालको ४२०० मत प्राप्त गरेकी छिन् । हालसम्म नेपालगञ्जमा वडा नम्बर १, २, ३, ४, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिएको छ ।
प्रतिक्रिया