९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

वाणगंगामा ३ मा एमाले र माओवादीको कडा टक्कर



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ को मतगणना रोचक बनेको छ । अहिलेसम्म ११ सय मत गणना गर्दा एमाले र माओवादीका वडाध्यक्ष उम्मेद्वार बराबर मतान्तरले अगाडी बढेका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेद्वार सन्तराम रौतारले ३ सय ९५ पाउँदा माओवादी केन्द्रका टेक बहादुर झेँडीले ३ सय ९७ मत पाएका छन् । दुवै उम्मेद्वार बीच २ मतको अन्तर छ ।

यस्तै कांग्रेसका वडाध्यक्षका उम्मेद्वार सन्तराम चौधरी पछाडी परेका छन् । उनले १ सय ९३ मत ल्याएका छन् ।

गएको ०७४ सालको निर्वाचनमा पनि वडा नं. ३ को चुनाव रोचक बनेको थियो । यहाँ माओवादीका झेँडी ६० मतले एमालेका रौतारसंग पराजित बनेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ८ : ५४ बजे