गुल्मी ।
नेकपा एमालेको गढ मानिएको गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ ।
गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कुँवरले ४ हजार ७ सय ७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर केसीले ४ हजार ६ सय ९७ मत ल्याउनुभयो ।
उपाध्यक्षमा भने एमालेकी सरिता खड्का ४ हजार ५ सय ६७ मत ल्याएर विजयी हुनुभयो । माओवादी केन्द्रका बेगम चन्द बोहरा ४ हजार २ सय ११ मत ल्याएर पराजित हुनुभयो ।
मदाने गाउँपालिका नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पालिका पनि हो ।
प्रतिक्रिया