मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वार अगाडी देखिएका छन् ।
११ वडा मध्ये ४ वटा वडाको अन्तिम मत मतपरिणाम सार्वजनिक हुँदा पनि मेयर र उपमेयरको अग्रता कांग्रेसले कायमै राखेको हो ।
सोमबार दिउँसो सवा १ बजेसम्मको सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका मेयरका उम्मेद्वार रविराज आचार्यले ६ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमाले उम्मेद्वार चक्र अर्यालले ६ हजार ७ सय ८१ मत पाएका छन् । यी दुई बीचको अन्तर जम्मा ९७ छ ।
उपमेयरमा भने कांग्रेसले उम्मेद्वार तारावती चौधरीले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । चौधरीले ७ हजार ३ सय ३८ मत पाएकी छिन् ।
उनको निकटतम प्रतिद्धन्द्धि एमालेकी रिता थारुले ६ हजार ९ सय ६९ मत पाएकी छिन् । यी दुई बीचको अन्तर ३७९ रहेको छ ।
वाणगंगाका ४ वडा मध्ये दुईमा एमाले र दुईमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । वडा नं. १ मा कांग्रेसका सञ्जु सारुले वडाध्यक्ष जितेका छन् भने वडा नं. ११ मा कांग्रेसका नरेन्द्र थारुले वडाध्यक्ष जितेका छन् । वडा नं. १ मा ०७४ सालमा पनि कांग्रेसले चुनाव जिते पनि वडा नं. ११ माओवादीबाट कांग्रेसले फिर्ता लिन सफल भएको छ ।
वडा नं. २ को वडाध्यक्षमा एमालेका विष्णु पौडेल दोस्रो पटक वडाध्यक्षमा विजयी हुँदा वडा नं. १० एमालेका यमलाल पोख्रेलले चुनाव जित्दै कांग्रेसबाट फिर्ता लिन सफल भएका छन् ।
प्रतिक्रिया