९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कृष्णनगरमा पनि राप्रपाको अग्रता कायमै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार दिपक रजौरियाले अग्रता लिइरहेका छन् ।

सुस्त गतिमा मतगणना भए पनि कृष्णनगरमा सोमबार मध्यान्नसम्म सार्वजनिक मत परिणाम अनुसार राप्रपाका उम्मेद्वार रजौरियाले १ हजार १ सय ९५ मत ल्याएर अग्रता बढाएका हुन् ।

रजौरियालाई कांग्रेसका मेयरका उम्मेद्वार रजतप्रताप शाहले पछ्याइरहेका छन् । शाहले १ हजार १ सय १६ मत ल्याएका छन् ।

माओवादी केन्द्रका उम्मेद्वार जावेद खाँले १ हजार ८४ मत ल्याउँदा एमालेका कुणाल प्रताप शाहले पनि १ हजार ३१ मत पाएका छन् । कृष्णनगरमा चौपक्षीय भीडन्त देखिएको छ ।

उपमेयरमा कांग्रेकी उम्मेद्वार १ हजार १६१ मतका साथ अगाडी छिन् । एमालेकी उम्मेद्वारले ८ सय १६ मत पाउँदा माओवादी केन्द्रकी उम्मेद्वारको मत ५ सय ३० छ ।

कृष्णनगर नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका तुंगनाथ चौधरी, वडा नं. २ मा एमालेका वडाध्यक्ष उम्मेद्वार कृष्ण कुमार चौधरी र वडा नं. ३ को वडाध्यक्षमा एमालेका सगिर अहमद खाँ विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  १ : १५ बजे