मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मेयर, उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले फराकिलो अग्रता बनाउँदै लगेका छन् ।
कांग्रेसका मेयरका उम्मेद्वार केशवकुमार श्रेष्ठ ३ हजार १ सय २४ मतका साथ अगाडी छन् भने एमालेका उम्मेद्वार पिताम्बर खनालले २ हजार ३ सय ५९ मत ल्याएका छन् । खनाल भन्दा श्रेष्ठ ७ सय ६५ मतले अगाडी छन् ।
उपमेयर तर्फ पनि कांग्रेसकी उम्मेद्वार मिरा थारु अगाडी छिन् । उनले २ हजार ९ सय ७४ मत पाएकी छिन् । एमालेकी मञ्जु थारुले २ हजार ४ सय ६५ मत पाएकी छिन् ।
यो नतिजा सोमबार दिउँसो १२ बजेसम्मको हो ।
१० वडा रहेको बुद्धभूमिमा वडा नं. १ र वडा नं. १० को नतिजा सार्वजनिक भएको छ । जसमा वडा नं. १ को वडाध्यक्षमा तेज बहादुर बस्नेत र वडा नं. १० को वडाध्यक्षमा सन्तोष पाण्डे विजयी भएका छन् ।
प्रतिक्रिया