मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले आफ्नो अग्रता कायम राखेका छन् ।
नेकपा एमालेका मेयरका उम्मेद्वार महादेव पोख्रेलसंग टक्कर लिइरहेका थापा सोमबार दिउँसो १२ बजेसम्म १३ हजार १२५ मत गणना गर्दा ५६ मतले अगाडी छन् ।
राप्रपाका थापाले ३ हजार ३ सय ७० मत प्राप्त गरे भने एमालेका पोख्रेलले ३ हजार ३ सय १४ मत पाएर पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेद्वार हुमाकान्त खनालले २ हजार २ सय ५९ मत पाएका छन् ।
उपमेयर तर्फ एमालेकी उम्मेद्वार शिवकुमारी थारुले निरन्तर अगाडी छिन् । उनले ३ हजार ६ सय ९५ मत पाएकी छिन् ।
नेपाली कांग्रेसकी उम्मेद्वार शारदा रायमाझीले २ हजार ७ सय २८ मत पाउँदा राप्रपाकी उम्मेद्वार बिपासा चौधरीले २ हजार २ सय ६२ मत पाएकी छिन् ।
११ वडा रहेको शिवराज नगरपालिकामा कांग्रेसबाट वडा नं. ११ मा रामेश्वर वर्मा र वडा नं. २ को वडाध्यक्षमा रामबहादुर थारु विजयी भएका छन् भने वडा नं. १ मा एमालेबाट वडाध्यक्षमा खिमविक्रम केसी, वडा नं. १० मा लोसपाबाट मञ्जु मिश्राले जित हासिल गरेकी छिन् । अहिले वडा नं. ३ र वडा नं. ९ को मत गणना भइरहेको छ ।
प्रतिक्रिया