बारा ।
बाराको पचरौता नगरपालिकाको चार ठाउँमा पर्सी बुधबार मतदान हुने भएको छ । गएको ३० गते मतदान रद्द भएका चारवटा मतदान केन्द्रमा पर्सी मतदान हुने निर्वाचन अधिकृत नीरबहादुर दाहालले जानकारी दिनुभयो।
पचरौता नगरपालिका २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावी मतदान केन्द्र तथा वडा नम्बर ४ को बेल्दारी प्राविको क र ख गरि चारवटा मतदान केन्द्रको मतदान पर्सी हुने निर्वाचन अधिकृत दाहालले बताउनु भएको हो ।
मतदानबारे छलफल गर्न आज दिउँसो एक बजे सर्वदलीय बैठक बोलाइएको पनि उहाँले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया