९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मायादेवी गाउँपालिकामा कांग्रेसले अग्रता बढाउँदै, एकीकृत समाजवादी पछिपछि



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा ४ हजार ८ सय ९७ मत गणना भएको छ । सोमबार विहान ९ बजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेद्वार बलिउद्दिन मुसलमानले १ हजार ३ सय ४९ मत पाएर अग्रता बढाइरहेका छन् ।

मुसलमानलाई एकीकृत समाजवादीका उम्मेद्वार फैजल खानले पछ्याइरहेका छन् । खानले ८ सय ८२ मत ल्याएका छन् ।

तेस्रो स्थानमा जनता समाजवादी पार्टीका बजरंगी कुर्मी छन् । कुर्मीले ६९३ मत पाएका छन् ।

गाउँपालिकाको उपाध्यक्ष तर्फ नेपाली कांग्रेसकी उम्मेद्वार सरस्वती यादव १ हजार १७६ मतका साथ अगाडी छिन् । एकीकृत समाजवादीकी माधुरी अग्रहरी ७ सय ५९ मत ल्याएर पछ्याइरहेकी छिन् । जसपाकी उम्मेद्वार रश्मी त्रिपाठीले ६ सय ३० मत पाएकी छिन् भने माओवादी केन्द्रले उम्मेद्वार गीता तिवारीले ६०३ मत पाएकी छिन् ।

मायादेवी गाउँपालिकाका वडा नं. १, वडा नं. २ र वडा नं. ३ को मतगणना जारी छ । अबको केही घण्टामा वडा नं. १ र वडा नं. २ को नतिजा आइ पुग्ने निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

यस्तो छ वडाको स्थिती

वडा नं. १ मा खसेको मत (३२६२)
रुख – १९०
छाता – ३०२
कलम – ६७
हसिया – ३५४
जग – २६९

वडा नं. २ मा (खसेको मत २९२२)
रुख – ४४६
छाता – ४३६
कलम – ३४३

वडा नं. ३ मा (खसेको मत ३१ सय बढी)
रुख – १७५
छाता – २३२
कलम – १९२

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ९ : २२ बजे