मायादेवी अनलाइन, वाणगंगा ।
९६ वडा रहेको कपिलवस्तुमा महाराजगञ्ज नगरपालिकाका १० वडा बाहेक सबैमा बैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो ।
निर्वाचन भएको चार दिन वितिसक्दा पनि अधिकांश वडाहरुको मत गणना जारी छ । आइतबार साँझसम्म जिल्लाका १४ वडाहरुको अन्तिम परिणाम सार्वजनिक भएको थियो ।
जसमा कांग्रेस र एमालेले ६/६ वडा जितेका थिए भने, जसपा र राप्रपाले एक/एक वडा जितेका थिए ।
कपिलवस्तुका ९६ वडामध्ये १४ वडाको चुनावी नतिजा आयो, कस्ले कहाँ जित्यो (सूचिसहित)
आइतबार राति र सोमबार विहान गरि थप वडाको नतिजा सार्वजनिक भएको छ ।
जसमा कपिलवस्तु नगरपालिका वडा नं. ११ मा जसपाका वडाअध्यक्षका उम्मेद्वार रामगोपाल यादव निर्वाचित भएका छन् ।
शिवराज नगरपालिका वडा नं. २ मा कांग्रेसका वडाध्यक्षका उम्मेद्वार रामबहादुर चौधरी निर्वाचित भएका छन् ।
शिवराज १० मा भने लोकतान्त्रिक समाजवादी पार्टीकी वडाध्यक्षका उम्मेद्वार मञ्जु मिश्राा विजयी भएकी छिन् ।
कृष्णनगर नगरपालिका वडा नं. २ मा एमालेका कृष्ण गुप्ता विजयी भएका छन् ।
यशोधरा गाउँपालिका वडा नं. ३ मा नेपाली काङ्ग्रेसकी सरिता त्रिपाठी विजयी भएकी छिन् ।
वाणगंगा नगरपालिका वडा नं. २ मा एमालेका वडाध्यक्षका उम्मेद्वार विष्णु पौडेल विजयी भएका छन् ।
प्रतिक्रिया