९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सैनामैना वडा नं. २ को वडा अध्यक्षमा एमालेका कंडेल विजयी



रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरको वडा नं. २ मा गठबन्धनलाई पराजित गर्दै एमालेले खाता खोलेको हो ।

सोमबार विहान सकिएको मतगणनामा एमालेका अमर बहादुर कंडेलले ८९ मत बढी ल्याएर विजयी हुनुभएको हो । उहाँले ९४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्धन्वदी कांग्रेसका प्रेम कुमार शर्मा सागरले ८५६ मत ल्याउनुभयो । वडा नं. २ मा कूल २४९४ मत खसेको थियो । जसमा २४ मत बदर भएको छ ।

त्यसै गरी महिला सदस्यमा नेकपा एमालेका जुनुकुमारी राना, दलित महिला सदस्यमा मोति सुनार र खुल्ला सदस्यहरुमा एमाले र कांग्रेसका एक एक जना विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवार राजबहादुर क्षेत्रीले ३५७ मत ल्याउनुभयो ।

त्यसैगरी वडा नं. १ को २४९४ मतमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार फणिन्द्र प्रसाद शर्माले १०२१ मत ल्याउनुभएको छ । भने नेकपा एमालेका चित्र बहादुर कार्कीले ९९६ मत ल्याउनुभयो ।

त्यसैगरी उपप्रमुख पदमा पनि एमालेकी विना रानाले ९४५ र माओवादी केन्द्रका मान बहादुर महतले ८५६ मत ल्याउनुभएको छ । सैनामैनामा हाल सम्म २ वटा वडाको नतिजा सार्वजनिक भएको छ । हिजो वडा नंं १ मा गठबन्धनबाट माओवादीका भुवन क्षेत्री वडाध्यक्षमा विजयी हुनुभएको छ । अहिले वडा नंं ३ को मतगणना जारी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ८ : १३ बजे