९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा वाणगंगामा कांग्रेसकै अग्रता (अपडेट)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । सोमबार विहानसम्मको मतपरिणाम अनुसार कांग्रेसबाट मेयरका उम्मेद्वार रविराज आचार्यले ५६६९ मत ल्याएर अग्रता बनाएका हुन् ।

वडा नं. ११, वडा नं. १, वडा नं. २ को मत परिणाम सार्वजनिक भइ सक्दा कांग्रेसले एमालेलाई पछि पार्दै लगेको छ । अहिले वडा नं. १० को मत गणना भइरहेको छ ।

एमालेका मेयरका उम्मेद्वार चक्र अर्यालले ५३९० मत ल्याएका छन् ।

यता उपमेयरमा पनि कांग्रेसकी उम्मेद्वार तारावती चौधरीले अग्रता बढाउँदै लगेकी छिन् । चौधरीले ५९९९ मत प्राप्त गरिन् ।

एमालेकी उपमेयरकी उम्मेद्वार रिता थारु ५५४२ मतका साथ चौधरीलाई पछ्याइरहेकी छिन् । एमालेकी थारु भन्दा चौधरी मत गणना हुँदा देखि नै अगाडी देखिएकी छिन् ।

चार दलीय गठबन्धनका मेयरका उम्मेद्वार देवराज अर्यालले ११०५ मत ल्याएका छन् । माओवादी केन्द्रका उम्मेद्वार अर्यालले मत ल्याए पनि गठबन्धनकै एकीकृत समाजवादीका उपपमेयरका उम्मेद्वार कमल भट्टराईको ३३१ मत छ । उपमेयरमा अधिकांश मत बदर हुँदा भट्टराईको मत घट्न पुगेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ८ : ०५ बजे