९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, दुई जहाज अवतरण



काठमाडौं ।

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम ९नेवानी०को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।
नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ७ : ४९ बजे