मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार रविराज आचार्य अगाडी देखिएका छन् ।
आइतबार साँझको पछिल्लो मत परिणाम अनुसार आचार्य ३ हजार ९ सय १० मतका साथ अगाडी छन् ।
नेकपा (एमाले)का मेयर पदका उम्मेद्वार चक्र अर्यालले ३ हजार ३ सय ४१ मत पाएर पछ्याइरहेका छन् ।
उपमेयर तर्फ नेपाली कांग्रेसकी तारावती चौधरीले ४ हजार १ सय ६८ मत पाएकी छिन् । एमालेकी रिता थारुले ३ हजार ४ सय ११ मत ल्याएकी छिन् ।
गठबन्धनको तर्फबाट मेयरका माओवादी उम्मेद्वार देवराज अर्यालले १ हजार २ मत पाएका छन् भने गठबन्धनकै समाजवादीका उप मेयरका उम्मेद्वार कलम भट्टराईले २ सय ९५ मत पाएका छन् ।
११ वडा रहेको वाणगंगामा वडा नं. १ र वडा नं. ११ को मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा दुवै वडामा कांग्रेसका उम्मेद्वार प्यानलसहित विजयी भएका छन् ।
अहिले वडा नं. १० र वडा नं. २ को मतगणना जारी छ । यी दुवै वडामा साँझ ९ बजेसम्म एमालेका उम्मेद्वार अगाडी देखिएका छन् ।
प्रतिक्रिया