९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पाल्पाको रम्भामा पुनः मतदानको माग गर्दै प्रदर्शन, प्रहरीसँग झडप



पाल्पा ।
पाल्पाको रम्भा गाउापालिका निर्वाचन अधिकृतको कार्यालयनजिकै प्रहरी र पुनः मतदानको माग गर्दै आन्दोलनमा उत्रेका युवाबीच आइतबार अपरान्ह भएको झडपमा कम्तीमा १० जना घाइते भएका छ्न । आन्दोलनकारीतर्फ कम्तीमा सात र प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ४ जना घाइते भएका हुन् ।

प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार भीड बढ्दै गएपछि नियन्त्रणका लागि ८ सेल अश्रुग्याास प्रहार गरिएको छ । भीडलाई तितरबितर गर्न लाठी चार्ज गर्नुपर्ने अवस्था आएको उनले बताए ।

भीडमा रहेका रम्भा गाउँपालिका–१, हुागीका बासुदेव गाहा गम्भीर घाइते भएर उपचारका लागि तानसेन पठाएको नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार विष्णुकुमार गाहाले जानकारी दिए ।

रम्भा गाउँपालिका–५, ताहुँमा भएको मतगणनामा ७४ मत फर्जी देखिएपछि शनिबार बेलुकीदेखि नै रम्भामा चार दल आन्दोलित भएका छन् । गठबन्धन समर्थकको भीड ५ सय बढी रहेको छ । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, मंगलोल नेशनल अर्गनाइजेसन पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार विभागीय कारबाही तथा पुनः मतदानका लागि माग गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ११ बजे