१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुका ९६ वडामध्ये १४ वडाको चुनावी नतिजा आयो, कस्ले कहाँ जित्यो (सूचिसहित)



मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी छ । कपिलवस्तुका ९ पालिकामा भएको निर्वाचनमा सबै पालिकामा धमाधम मत गणनाको काम भइरहेको छ । सुस्तगतिमा चलेको मतगणनाले सबै पालिकाको परिणाम आउन अझै केही दिन लाग्ने पक्का पक्की छ ।

यद्यपि आइतबार साँझसम्म कतिपय पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक भएको छ ।

नतिजा आइसकेको वडाहरुमा कांग्रेस र एमालेले बराबर वडा जितेका छन् । जसपा र राप्रपाले खाता खोलिसकेका छन् ।

मायादेवी र शुघोधन गाउँपालिकामा आइतबार साँझसम्म कुनै वडाको मत परिणाम आएको छैन् । महाराजगंज नगरपालिकामा भने ३ गते निर्वाचन हुँदैछ।

यी हुन् कांग्रेसले जितेका वडाहरु

शिवराज नगरपालिकाको वडा नं. ११
शिवराज नगरपालिकाको वडा नं. २
कपिलवस्तु नगरपालिकाको वडा नं. १२
बुद्धभूमि नगरपालिकाको वडा नं. १
वाणगंगा नगरपालिकाको वडा नं. ११
वाणगंगा नगरपालिकाको वडा नं. १

यी हुन् एमालेले जितेका वडाहरु

शिवराज नगरपालिकाको वडा नं. १
विजयनगर गाउँपालिकाको वडा नं. १
विजयनगर गाउँपालिकाको वडा नं. ७
यशोधरा गाउँपालिकाको वडा नं. १
यशोधरा गाउँपालिकाको वडा नं. २
कपिलवस्तु नगरपालिकाको वडा नं. २

यी हुन् जसपाले जितेका वडा

कपिलवस्तु नगरपालिकाको वडा नं. १

राप्रपाले जितेका वडा यी हुन्

कृष्णनगर नगरपालिका वडा नं. १

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ८ : ५३ बजे