काठमाडौँ ।
स्थानीय समयअनुसार आइतबार आज रातिबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा उडान थाल्ने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो कम्पनीले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान थाल्न लागेको हो । जजिरा एयरवेजका सीईओ रोहित रामचन्द्रनले यो उडान नियमत हुने यसबाट धेरै नेपाली लाभान्वित हुने बताए ।
कुवेतबाट आइतबार स्थानीय समयअनुसार साढे ६ बजे उड्ने पहिलो विमान भैरहवामा बिहान पौने २ बजे अवतरण हुनेछ । नेपालकोभन्दा कुवेतको समय करिब ३ घण्टा ढिला गणना हुन्छ । आइतबार, मंगलबार र बिहीबार कुवेत इन्टरनेसनल एयरपोर्टबाट भैरहवाका लागि उडान हुनेछ । त्यस्तै बुधबार, शुक्रबार र सोमबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ । स्थानीय समयअनुसार भैरहवाबाट बिहान साढे २ बजे उडान हुनेछ । कार्गो तथा व्यवसायिक उडान गर्दै आएको जजिरा एयरवेजले मध्यपूर्वी, दक्षिण एसिया तथा अफ्रिका र यूरोपमा समेत सेवा दिँदै आएको छ ।
प्रतिक्रिया