१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मीदरबार गाउँपालिकामा कांग्रेस विजयी



काठमाडौं ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अध्यक्षमा निर्वाचित थापाले ६ हजार १६६ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६०२ मत पाए।

उपाध्यक्ष निर्वाचित कांग्रेसकी तारा थापाले ६ हजार १८८ मत ल्याइन् भने उनकी निकटम प्रतिस्पर्धी एमालेकी सुशिला पुनले ५ हजार ५८९ मत ल्याइन्।

गुल्मीदरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गुल्मी दरबार गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेस नै विजयी भएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ५१ बजे