९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

एमालेको पकड रहेको बुटवल २ मा एकीकृत समाजवादीका शाक्य विजयी



बुटवल ।
नेकपा (एमाले) को पकड वडाका रुपमा हेरिएको बुटवल उपमहानगरको २ नम्बर वडामा एमालेको विरासत भत्काउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । लुम्बिनी प्रदेशमा नै एकीककृत समाजवादीले बुटवल २ बाट पहिलो खाता खोलेको छ ।

वडा नम्बर २ को मतगणना सकिँदा एमालेका साविक वडा अध्यक्ष रमेश नेपाललाई पराजित गर्दै एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् । निर्वाचन आयोगबाट परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

यस अघि वडा नम्बर १ मा पनि एमाले विरासत ढाल्दै एमाले उम्मेदवार महेन्द्र लिगललाई पराजित गरेर स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेतले वडा अध्यक्ष पद हात पारेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ४३ बजे