मायादेवी अनलाइन, वाणगंगा ।
भारतीय सीमावर्ती पालिका कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. १ मा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन् ।
आइतबार विहान आएको अन्तिम मत परिणाम अनुसार यहाँ एमालेबाट वडाध्यक्षका उम्मेद्वार मनोज कुमार चौवे ४ सय ४५ मत पाएर विजयी भएका छन् ।
उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार ४ सय ३७ मत पाएका पराजित भए ।
यशोधरा गाउँपालिकामा एमालेले पहिलो पटक चुनाव जितेको हो । गएको स्थानीय तहको चुनावमा एक जना पनि जनप्रतिनिधि नजितेको एमालेले यशोधराको पालिका अध्यक्षमा समेत अ्रगता बढाउँदै लगेको छ ।
संघीय सांसद बृजेश कुमार गुप्ताको बलियो पकट रहेको यशोधरामा गुप्ता एमालेको प्रवेश गरेपछि जित निकाल्न सहज भएको छ ।
प्रतिक्रिया