९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सैनामैनामा १ मा माओवादी केन्द्रको प्यानलै विजयी



रुपन्देही ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

जसमा वडा अध्यक्षमा गठवन्धन तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्रीको प्यानल विजयी भएको हो ।

गठवन्धनका क्षेत्रीले २ हजार ३ सय ९१ मत ल्याउदा नेकपा एमाले २ हजार १ सय ६९ मत प्राप्त गरे । यस्तै महिला सदस्य धनमन्त्री थारुले २२८४, दलित महिला सदस्य मन्जु परियार (छाँया) ले २२७४, खूल्ला सदस्य नर बहादुर सुनारले २१६१ र खूल्ला सदस्य रमाकान्त शर्माले २११४ मत लिएर निर्वाचन भए ।

नगर प्रमुख र उप–प्रमुखमा पनि गठवन्धनकै फणिन्द्र शर्मा र नारायण महत अगाडि छन् ।

यो वडा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ८ : २१ बजे