मकवानपुर ।
भरतपुर महानगरपालिकाको उपमेयर पदमा काँग्रेस र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । प्रारम्भिक मतगणनाअनुसार राप्रपाका मेयरका उम्मेदवार काँग्रेसका उम्मेदवार भन्दा पछि परेका छन् ।
उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् ।
भरतपुरमा राप्रपा र एमालेको गठबन्धन रहेको छ भने अर्कोतिर सत्ता गठबन्धन रहेको छ।
मेयरको नतिजा पछिल्लो अपडेट
नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् । उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा रेनुले ५१ मतमात्र प्राप्त गरेकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले मात्र १३ मत पाएका छन् । हालसम्म १५० मत गणना भएको छ । मतगणना भरतपुरमा कडा सुरक्षाका बीच जारी रहेको छ ।
प्रतिक्रिया