दाङ ।
दाङको तुलसीपुरमा गएराति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ परेका छन् ।
खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उमपेयर पदका उम्मेदवार ४६ वर्षका सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ वर्षका सुमन नेपाली, २० वर्षका सुदन नेपाली फरार रहेको प्रहरीले बताएको छ । स्थानीयको पूजामा नाँच हेर्न गएका युवाहरुबीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो ।
खुकुरी प्रहारबाट ४ जना घाइते भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा तुलसिपुर–४ बस्ने २८ वर्षका कुलबहादुर ओली, सोही ठाउँ निवासी २२ वर्षका प्रेमप्रकाश खड़का, ३० वर्षका चन्द्रबहादुर ओली, र २८ वर्षका रमेश खड़का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
घाइतेमध्ये कुलबहादुर र प्रेम प्रकाशको अवस्था गम्भीर भएको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको डीएसपी अर्यालले बताउनुभयो ।
प्रतिक्रिया