मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा झण्डै ७५ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ज्ञानुराम पन्थीका अनुसार जिल्लाभर करिब ७५ प्रतिशत मत खस्न सफल भएको हो ।
जिल्लाका ९ पालिकामा भएको निर्वाचनमा सबैभन्दा बढी बुद्धभूमि नगरपालिकामा ७७ प्रतिशत मत खसेको छ ।
यस्तै कृष्णनगर नगरपालिकामा ७६ प्रतिशत मत खस्दा शिवराज नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ ।
शुद्धोधन गाउँपालिकामा ७४ प्रतिशत, यशोधरा गाउँपालिकामा ७३ प्रतिशत र विजयनगर गाउँपालिकामा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी पन्थीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
शुक्रबार रात १० बजेसम्म वाणगंगा नगरपालिकामा कति प्रतिशत मत खसेको छ निर्वाचन कार्यालयमा जानकारी आई नसकेको उहाँले बताउनुभयो ।
जिल्लामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १० पालिका रहेको जिल्लामा महाराजगञ्ज नगरपालिकामा शुक्रबार मतदान हुन सकेन् । कांग्रेसबाट नगर उप-प्रमुखको उम्मेद्वार बनेकी शुभावती कुर्मीको निधनले महराजगञ्जमा मतदान रोकिन पुगेको हो । आउँदो जेष्ठ ३ गते त्यहाँ निर्वाचन मिति तोकिएको छ ।
प्रतिक्रिया