९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा ४० प्रतिशत मत खस्दा सबैभन्दा बढी विजयनगर, कम वाणगंगामा



मायादेवी अनलाइन, वाणगंगा ।
स्थानीय तहको निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । कपिलवस्तुमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए ।

९ पालिकामा जारी मतदान अन्तर्गत सबैभन्दा बढी विजयनगर गाउँपालिकामा मत खसेको छ । जहाँ ५१ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकारी पन्थीले जनाए ।

सबैभन्दा कम मत वाणगंगा नगरपालिकामा खसेको पनि उनले बताए । विहान पानी परेको कारण समयमा मतदान प्रक्रिया सुरु हुन नसक्दा वाणगंगामा मत कम खसेको उनको भनाई छ । उनका अनुसार वाणगंगामा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ ।

जिल्लामा मतदान शान्तिपूर्ण रुपमा भैरहेको छ ।

१० पालिका रहेको कपिलवस्तुमा महाराजगञ्ज बाहेक अन्य पालिकामा आज मतदान भइरहेको हो । महराजगञ्जमा भने नगर उप प्रमुखको उम्मेद्वारको निधन भएपछि आज मतदान रोकिन पुगेको छ । त्यहाँ यहीँ जेष्ठ ३ गते निर्वाचन हुने छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  २ : ३९ बजे